Skip to main content

सबैले भन्थे संभव छैन तर संभव भयो || TOUGH talk with Dil Bhusan Pathak

 



हरेक बर्ष विद्यालय शिक्षाको खुड्किलो मानिने एसइई परिक्षाको रिजल्ट आउ“दा हाम्रा सामुदायिक विद्यालय कमजोर सूचीमा पर्छन् । सुविधायुक्त विद्यालयमा पढ्ने विद्यार्थीहरु उच्च अंक ल्याएर उर्तिण हुन्छन भने तर गरिबी र आर्थिक क्षमता समेत कमजोर परिवारमा हुर्केका र भौतिक पूर्वाधार राम्रँे नभएका विद्यालयका विद्यार्थीहरुको नतिजा टिठ लाग्दो हुनेगर्छ । यसै बर्षको एसइइ परिक्षाको नतिजामा पनि सरकारी एवं सामुदायिक विद्यालयको परिणाम धेरै नै कमजोर छ । एसईई दिने कूल चार लाख ५९ हजार दुई सय ७५ परीक्षार्थीमध्ये तीन लाख २५ हजार तीन सय ३० अर्थात् ७०.८४ प्रतिशत सरकारी एवं सामुदायिक विद्यालयका छन् थिए । जसमा निजी एवं संस्थागत विद्यालयको तर्फबाट २९.१६ प्रतिशत अर्थात् एक लाख ३३ हजार नौ सय ४५ परीक्षार्थीले एसईई दिएका थिए । तर परिणाम हेर्ने हो भने सामुदायिक विद्यालयका करिब १५ प्रतिशत विद्यार्थीले मात्र ए प्लस ग्रेड ल्याए । जबकी परिक्षामा सामेल भएका संस्थागत एवं निजी विद्यालयका भने करिब ८४ प्रतिशतले ए प्लस ल्याए । त्यस्तै ए ग्रेड ल्याउने सरकारी एवं सामुदायिक विद्यालयका विद्यार्थी संख्या जम्मा २१ प्रतिशत छ भने निजी एवं संस्थागत विद्यालयका ७८.०६ प्रतिशत छन् । यो तथ्यले सरकारी र सामुदायिक विद्यालयको शिक्षाबीचको ठुलो अन्तर उजागर गर्छ । राज्यका कानूनहरुमा समान शिक्षाका अक्षरहरु सुन्दर ढंगले कुदिएका छन् । तर त्यत्तिका भरमा शिक्षा समान र एउटै गुणस्तरको हुन सकेको छैन । विद्यालय शिक्षाको सुधारका लागि सरकारी बजेट खर्चेरै काम गर्दा पनि अपेक्षित उपलब्धी हासिल नभइरहेका बेला अहिले एउटा स्वयंसेवी शैक्षिक अभियानले भने निकै आशा जगाएको छ । सात बर्षदेखि चलिरहेको ‘टिच फर नेपाल’ नामको स्वयसेवी शैक्षिक अभियान अन्तर्गत अहिले सात वटा जिल्लाका झण्डै ५ दर्जन सामुदायिक विद्यालयहरुमा करिब डेढ सय स्वयंसेवी शिक्षक परिचालित छन् । यो अभियानका शुरुवातकर्ता हुनुहुन्छ– शिशिर खनाल । अमेरिकामा अध्ययन सकि श्रीलंकाको सर्वोदय मुभमेन्टमा समेत काम गरी स्वदेश फर्किुन भएका उहा“को अभियान अहिले नेपालको विद्यालय शिक्षा सुधारमा नमुना बन्दै गएको छ । शैक्षिक गुणस्तर सुधारका लागि सरकारले गरिरहेका पहलहरु कति प्रभावकारी छन् ? टिचफर नेपाल कस्तो स्वयसेवी अभियान हो ? र यो कनि चाहियो ? नेपालका गाउ“हरुमा चलिरहेका सामुदायिक विद्यालयहरुको हालत कस्तो छ ? किन धेरै जसो विद्यार्थी विद्यालय शिक्ष्ाँमै गुल्टिन्छन् ? त्यसमा पनि अंग्रेजी, विज्ञान र गणित जस्ता विषयमा विद्यार्थी कनि कम अंक ल्याउ“छन् ? स्वयसेवी शिक्षक तयार पारी उनीहरुलाई गाउ“ गाउ“मा खटाउनका लागि कति चुनौती छ ? र किन आवश्यक छ ? यीनै प्रश्नको जावफ खोज्न आज मसंग हुनुहन्छ ‘टिच फर नेपाल’ का संस्थापक सिइओ शिशिर खनाल ।

Comments

Popular posts from this blog

विद्यार्थी भर्ना मात्र गर्ने कि टिकाउने पनि !

नेपालमा नयाँ बर्षसँगै नयाँ शैक्षिक वर्ष पनि सुरु हुन्छ। यसैको मौकामा २०७५  साल सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीले  एक जना विद्यार्थी स्कुल भर्ना गर्नुभयो। अभियान सुरु गर्दै सबैलाई नेताहरुलाई ‍कम्तिमा एक जना विद्यार्थी भर्ना गर्न अाव्हान पनि गर्नुभयो। अहिले शिक्षामन्त्री, प्रदेश मुख्यमन्त्रीहरु, वरिष्ठ नेताहरु, सांसदहरु लगायतले विद्यार्थी भर्ना गराइरहेको समाचारले प्रमुखता पाइरहेको छ।संविधानले सबै बालबालिकासम्म शिक्षाको पहुँच ‍निर्दिष्टता गरेको ‍परिवेशमा देशको नेतृत्वले गरेको यो प्रयास सरहानीय ‍हो। तर नीतिनिर्माण तहमा रहेको नेतृत्वलाई यति कदममै रमाउने छुट भने छैन। शिक्षा मन्त्रलाय तथा अन्य अन्तर्राष्ट्रिय संस्थाको तथ्यांक अाधार मान्दा, भर्नाभन्दा पनि स्कुलसम्म पुगेका केटाकेटी त्यहाँ कसरी टिकाउने र गुणस्तरीय शिक्षा कसरी दिने भन्ने अबको धेय हुनु पर्ने देखिन्छ। अब पहुँचमा भन्दा गुणस्तरमा समय र परिश्रम धेरै गर्नु पर्ने देखिन्छ। शिक्षा मन्त्रालय, युनिसेफ, तथा विश्व बैंकका तथ्यांक अाधार मान्ने हो भने, नेपालमा ५-९ वर्ष उमेर समूहका झण्डै ९७ प्रतिशत केटाकेटी स्कुल भर्ना...

जसले विक्रेताबाट सामान लिन्छन्, तपाईंको घरैमा पुर्‍याइदिन्छन्

  जुना श्रेष्ठ काठमाडौं, फागुन ११ From Setopati.com गत सालदेखि 'पिक एन्ड ड्रप' ले काठमाडौं उपत्यकामा डेलिभरी सेवा पुर्‍याइरहेको छ। यो 'लजिस्टिक' कम्पनी हो जसले आफ्नो नामजस्तै काम गर्छ- विक्रेताबाट सरसामान लिएर ग्राहकको स्थानसम्म पुर्‍याइदिने। पिक एन्ड ड्रपले अहिले ग्यास, किराना सामान, खाद्यान्न, कपडा लगायत सामग्री डेलिभरी गर्दैछ। यसले 'काठमाडौं अर्गानिक', 'फाल्कन', 'बेबी ब्लिस', 'केक फर यू', 'सागर ग्रुप इलेक्ट्रोनिक्स' जस्ता करिब १६ इ-कमर्स कम्पनीसँगको सहकार्यमा सरसामान डेलिभर गरिरहेको छ।  यसका सह-संस्थापक हुन्- घनश्याम खनाल, नवीन पराजुली र शिशिर खनाल।   घनश्याम र नवीनको भेट २०६८ सालमा भएको थियो। त्यतिबेला उनीहरू एकै कम्पनीमा कार्यरत थिए। त्यसताका नेपालमा फस्टाउँदो इ-कमर्स व्यवसायलाई टेवा पुर्‍याउन सक्ने हिसाबमा केही काम गर्ने सोचमा थिए।  घनश्यामसँग भेट हुनुअघि नवीन एक इ-कमर्स लजिस्टिक कम्पनीमै काम गर्थे। त्यहाँ हुँदा उनलाई ग्राहकको सन्तुष्टि र उनीहरूमाझ पुग्ने सेवाबारे चिन्ता भइरहन्थ्यो। डेलिभरी सेवा उपलब्ध भए पनि त्यसमा प्रायः ...

प्रविधिमा समान पहुँच थप सामग्री

शिशिर खनाल आइतबार, ९ कात्तिक, २०७७ Published on :  Himalkhabar.com कोरोनाभाइरस महामारीका कारण महीनौंदेखि बन्द पठनपाठन सञ्चालनको एउटै उपाय ‘भर्चुअल पढाइ’ बनेको छ, जसका लागि सबै विद्यार्थीको प्रविधिमा समान पहुँच अपरिहार्य देखिएको छ। कोरोनाभाइरसको संक्रमण र त्यसबाट उत्पन्न महामारीका कारण भएको विद्यालय बन्दका कारण संसारभर झण्डै ५६ करोड बालबालिका प्रभावित भएका छन्। यो प्रभावमा विद्यालय र विश्वविद्यालय पढ्ने नेपालका करीब ८० लाख विद्यार्थी पनि परेका छन्।  गत चैतदेखि यति लामो समयसम्म घरैमा बस्न बाध्य विद्यार्थीले औपचारिक शिक्षाको अवसर त गुमाएका छन् नै, उनीहरूमा मनोसामाजिक समस्या पनि देखिएको छ।  समय–समयमा साना–ठूला विपद्को सामना गरिरहेको नेपालले यतिबेला सम्भावित विपद्को सामना गर्न केही पाठ सिक्नै पर्ने देखिन्छ। यसका लागि मूलतः प्रविधिको पहुँच विस्तार, प्रविधि पहुँचमा असमान अवस्थाको अन्त्य, स्थानीय सरकारहरूको क्षमता वृद्धि, समय अनुसारको पाठ्यक्रम र जनशक्ति व्यवस्थापनमा ध्यान दिनैपर्ने देखिएको छ।   डिजिटल पूर्वाधार  लकडाउनले घरैमा बसेका विद्यार्थीलाई वैकल्पिक शिक्षाको...