Skip to main content

Posts

Showing posts from May, 2019

शिक्षा सुधारक

सूर्यप्रसाद पाण्डे अन्नपूर्ण विशेष  १८ बैशाख २०७६ १७:४१:०० Published on Annapurna Post गाउँगाउँ ज्ञान फिँजाउने अभियन्ता अभियानसहित गाउँ पस्दा शिशिरले थुपै्र समस्या देखे। कुन समस्यालाई प्राथमिकता दिने भन्ने अलमलमा परे। केही समय अध्ययन गरेपछि लाग्यो— समाज सुधार गर्ने हो भने शिक्षाक्षेत्रमा व्यापक परिवर्तन जरुरी छ। अमेरिकामा पढ्दै थिए, शिशिर खनाल (४१)। सन् २००४ मा दुई लाखभन्दा बढी मानिसको ज्यान लिने गरी इन्डोनेसियामा सुनामी आयो। यसको प्रभाव श्रीलंकामा पनि पर्‍यो। त्यहाँ ३५ हजार मानिसले ज्यान गुमाए। करिब पाँच लाख विस्थापित भए। सुनामीबाट सबैभन्दा बढी प्रभावित भएकोमा इन्डोनेसियापछि श्रीलंका दोस्रो थियो। विपत्तिमा परेका श्रीलंकालीकोे उद्धारका लागि त्यहाँका धेरै स्वयम्सेवी संस्था जुटे। यिनैमध्ये सर्वोदय श्रमदान अभियानले अमेरिकामा राहत संकलन थाल्यो। सर्वोदय श्रमदान त्यतिखेर श्रीलंकाको निकै लोकप्रिय सामाजिक अभियान थियो। श्रीलंकाको गान्धी उपनामले चिनिएका सरकारी शिक्षक एटी आर्यरत्नले सञ्चालन गरेका अभियान अहिले पनि उत्तिकै लोकप्रिय छ। यसको नक्कल विश्वका थुपै्र मुुलुकले गरिरहेका छन्। आफैंले अध्ययन ग