Skip to main content

Posts

Showing posts with the label covideducation

प्रविधिमा समान पहुँच थप सामग्री

शिशिर खनाल आइतबार, ९ कात्तिक, २०७७ Published on :  Himalkhabar.com कोरोनाभाइरस महामारीका कारण महीनौंदेखि बन्द पठनपाठन सञ्चालनको एउटै उपाय ‘भर्चुअल पढाइ’ बनेको छ, जसका लागि सबै विद्यार्थीको प्रविधिमा समान पहुँच अपरिहार्य देखिएको छ। कोरोनाभाइरसको संक्रमण र त्यसबाट उत्पन्न महामारीका कारण भएको विद्यालय बन्दका कारण संसारभर झण्डै ५६ करोड बालबालिका प्रभावित भएका छन्। यो प्रभावमा विद्यालय र विश्वविद्यालय पढ्ने नेपालका करीब ८० लाख विद्यार्थी पनि परेका छन्।  गत चैतदेखि यति लामो समयसम्म घरैमा बस्न बाध्य विद्यार्थीले औपचारिक शिक्षाको अवसर त गुमाएका छन् नै, उनीहरूमा मनोसामाजिक समस्या पनि देखिएको छ।  समय–समयमा साना–ठूला विपद्को सामना गरिरहेको नेपालले यतिबेला सम्भावित विपद्को सामना गर्न केही पाठ सिक्नै पर्ने देखिन्छ। यसका लागि मूलतः प्रविधिको पहुँच विस्तार, प्रविधि पहुँचमा असमान अवस्थाको अन्त्य, स्थानीय सरकारहरूको क्षमता वृद्धि, समय अनुसारको पाठ्यक्रम र जनशक्ति व्यवस्थापनमा ध्यान दिनैपर्ने देखिएको छ।   डिजिटल पूर्वाधार  लकडाउनले घरैमा बसेका विद्यार्थीलाई वैकल्पिक शिक्षाको...

लकडाउन : घरमै बसेर पढ्न र पढाउन सकिन्छ

  शिशिर खनाल चैत २६, २०७६ Published on: Khabarshala.com लामो समयदेखि घरमा बस्नु पर्दा चिन्तित हुनुहुन्छ वा छोरा-छोरीको पढाईमा असर पर्यो भनेर चिन्तित हुनुहुन्छ भने, घरमै वसेर कम्प्युटर, स्मार्ट फोन र टेलिभिजन मार्फत पनि पढ्न र सिक्न सकिने अवसर हामीसंगै छन । नेपालकै पाठ्यक्रममा आधारित यी डिजिटल कण्टेन्टहरुले नयां कुरा सिक्न वा विद्यालयमा नबुझेका पाठहरु घरमा बसीबसी रमाईलो तरिकाले सिक्न सकिन्छ ।  ओलई नेपाल (OLE Nepal) को ई-पाठ र ई-पुस्तकालय:  मूल्य: निशुल्क सन २००७ देखि प्रविधिमार्फत गुणस्तरीय शिक्षामा काम गर्दै आएको गैरसरकारी संस्था ओलई (OLE) नेपालले नेपालको पाठ्यक्रममा आधारित कक्षा १-८ सम्मका डिजिटल सिकाई सामग्री निर्माण गरेको छ । नेपाली, अंग्रेजी, विज्ञान र गणित जस्ता महत्वपूर्ण विषय विद्यार्थीहरुले घरमै बसीबसी ईन्टरनेटमार्फत पाठ्यपुस्तक र पाठ्यक्रमका सामग्रीहरु नेपाली वा अंग्रेजीमा सिक्न सक्ने छन । यसका लागि, यो वेवसाईटमा जान सकिन्छ।    https://pustakalaya.org/epaath/ त्यसैगरी साना केटाकेटीहरुलाई उपयुक्त हुने डिजिटल वालकथाहरु, ओलईको बाल पाठमालामा पाउन सकिन्छ । त...