Skip to main content

Posts

Showing posts with the label corona

५८३ स्थानीय तहमा छैन कोरोना! यी ठाउँमा स्कुल किन नखोल्ने?

  घनश्याम पाण्डे र शिशिर खनाल २०७७ असोज १ Published on Setopati.com कोरोना लकडाउनले नेपालमा विद्यालय स्तरका मात्र करिब ८३ लाख विद्यार्थी प्रभावित छन्। उनीहरूमा कहिले विद्यालय फर्कने भन्ने अन्यौल छ। संक्रमण बढ्दै गर्दा अझै लामो समय विद्यालय सञ्चालनमा आउन नसक्ने र यो शैक्षिक सत्र पूरै खेर जाने सम्भावना छ। तर, हाम्रो विश्लेषणमा स्थानीय अवस्था हेरेर अहिले नै विद्यालय सञ्चालनमा ल्याउन सकिन्छ। हामीले यसो भन्नुको कारण छ। राष्ट्रिय सञ्चार माध्यमहरूमा दैनिक आउने संक्रमण संख्या हेर्दा हामी गम्भीर मोडमा छौं भन्ने देखिन्छ। तर, यही संख्या गहिरिएर हेर्ने हो भने हामीले स्थानीय वस्तुस्थिति र संघीयताको मर्म आत्मसात् गरेका छैनौं भन्ने बुझिन्छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ५० हजारभन्दा बढी कोरोना संक्रमित छन्। संक्रमणले सबै ७७ जिल्ला छोइसकेको छ। तर, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्ने तथ्यांक सही भए पनि प्रस्तुति गलत छ। गलत रूपमा प्रस्तुत तथ्यांकले अक्सर चाहिनेभन्दा बढी त्रास र अन्यौल उत्पन्न गराउँछ। संघीयताको अभ्यासमा गइसकेपछि स्वास्थ्य, शिक्षा लगायत दैनिक जीवनका विभिन्न क्षेत्रम...