Skip to main content

Posts

Showing posts from February, 2020

सरकारी स्कुल सुधार्ने उपायः मर्जर र स्कुल बस

  शिशिर खनाल काठमाडौं, फागुन १३, २०७७ Published on Setopati.com स्थानीय चुनाव जितेलगत्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे 'टिच फर नेपाल' को अफिस आउनुभयो। उहाँका दुइटा एजेन्डा थिए- टिच फर नेपालको फेलोसिप कार्यक्रममार्फत् युवा स्वयंसेवकलाई आफ्नो पालिकाका विद्यालयमा राख्ने। अर्को, नगरभरिका सार्वजनिक स्कुलको गुणस्तर सुधार्न हामीसँग सहकार्य गर्ने। कुनै पनि सरकारी ओहोदाको व्यक्ति यसरी हामीसँग सहकार्य गर्न अग्रसर भएको यो पहिलो अनुभव थियो। नवनिर्वाचित मेयरले अफिसमै आएर आह्वान गरेपछि हामीले तुलसीपुरका लागि उपयुक्त नीतिगत र कार्यमूलक सुझाव दिने सोच्यौं। पहिलो चरणमा, कम दरबन्दी भएका ९ वटा माध्यमिक विद्यालयमा टिच फर नेपालका १८ जना प्रज्ञार्थी खटायौं। यसले दरबन्दी नपुगेका स्कुलमा गणित, विज्ञान र अंग्रेजीजस्ता मुख्य विषयका शिक्षक सुनिश्चित गर्‍यो। दोस्रो चरणमा, शिक्षामा सरोकार राख्ने तुलसीपुरका विभिन्न व्यक्ति र समूहसँग छलफल गरेर स्थानीय आवश्यकता र चुनौती बुझ्ने प्रयास गर्‍यौं। हामीलाई उत्सुकता भएको प्रमुख विषय थियो, किन नगरपालिकाजस्तो सानो भू-भागमा पनि केही स्कुलले राम्रो नतिजा