Skip to main content

जसले विक्रेताबाट सामान लिन्छन्, तपाईंको घरैमा पुर्‍याइदिन्छन्

 जुना श्रेष्ठ

काठमाडौं, फागुन ११From Setopati.com


गत सालदेखि 'पिक एन्ड ड्रप' ले काठमाडौं उपत्यकामा डेलिभरी सेवा पुर्‍याइरहेको छ। यो 'लजिस्टिक' कम्पनी हो जसले आफ्नो नामजस्तै काम गर्छ- विक्रेताबाट सरसामान लिएर ग्राहकको स्थानसम्म पुर्‍याइदिने।

पिक एन्ड ड्रपले अहिले ग्यास, किराना सामान, खाद्यान्न, कपडा लगायत सामग्री डेलिभरी गर्दैछ। यसले 'काठमाडौं अर्गानिक', 'फाल्कन', 'बेबी ब्लिस', 'केक फर यू', 'सागर ग्रुप इलेक्ट्रोनिक्स' जस्ता करिब १६ इ-कमर्स कम्पनीसँगको सहकार्यमा सरसामान डेलिभर गरिरहेको छ। 

यसका सह-संस्थापक हुन्- घनश्याम खनाल, नवीन पराजुली र शिशिर खनाल।  

घनश्याम र नवीनको भेट २०६८ सालमा भएको थियो। त्यतिबेला उनीहरू एकै कम्पनीमा कार्यरत थिए। त्यसताका नेपालमा फस्टाउँदो इ-कमर्स व्यवसायलाई टेवा पुर्‍याउन सक्ने हिसाबमा केही काम गर्ने सोचमा थिए। 

घनश्यामसँग भेट हुनुअघि नवीन एक इ-कमर्स लजिस्टिक कम्पनीमै काम गर्थे। त्यहाँ हुँदा उनलाई ग्राहकको सन्तुष्टि र उनीहरूमाझ पुग्ने सेवाबारे चिन्ता भइरहन्थ्यो। डेलिभरी सेवा उपलब्ध भए पनि त्यसमा प्रायः ग्राहकले चित्त बुझाउन नसकेको देखेका थिए। घनश्यामसँगको भेटपछि यसै विषयमा बढी कुराकानी हुन थाल्यो।


पिक एन्ड ड्रपका संस्थापकहरू, बायाँबाट क्रमशः शिशिर खनाल, घनश्याम खनाल र नवीन पराजुली।

त्यसैबीच उनीहरूको भेट शिशिरसँग भयो। 'टिच फर नेपाल' कार्यक्रममार्फत २०७१ सालतिर तीन जनाको भेट जुरेको हो। त्यतिबेला शिशिर 'टिच फर नेपाल' का सह-संस्थापक थिए। 

नवीन र घनश्याम इ-कमर्स र लजिस्टिक विकासबारे सोच्थे, शिशिर पनि उही सोचमा थिए। त्यसकारण तीन जनाबीच राम्रो सम्बन्ध विस्तार हुँदै गयो। 

'सबैको सोचाइ एकै थियो। इ-कमर्स कम्पनीलाई राम्रो डेलिभरी प्लेटफर्म दिलाउने सोचमा लजिस्टिक सेवा सञ्चालन गर्ने ध्याउन्नमा लाग्यौं,' पिक एन्ड ड्रपका प्रमुख कार्यकारी अधिकृत घनश्याम भन्छन्, 'काम अनुसारको नाम पनि जुरायौं।'

यो २०७६, भदौतिरको कुरा हो। तीन जनाको सहकार्यमा लजिस्टिक व्यवसाय विस्तार गर्ने योजनामा पिक एन्ड ड्रपको अवधारणा विकास हुन थाल्यो। त्यसपछि टोलीले झन्डै तीन महिना बजार अध्ययन र अनुसन्धान गरे। बजार अवलोकन सकेर व्यावसायिक रूपमा अघि बढ्न कम्पनी दर्ता गराए। त्यही बेला कोरोना महामारीको डर उत्कर्षमा रह्यो अनि लकडाउनै भयो।

लकडाउन भएको केही दिन 'अब के गर्ने' भनेर उनीहरू अलमलिए। काम थाल्ने जोस बल्ल हुँदै थियो, सेलाउने चिन्ता पर्‍यो।



ग्यास डेलिभरी गर्दै पिक एन्ड ड्रपका कर्मचारी। 

'तर डेलिभरीको महत्व यस्तै समयमा बढ्छ भन्ने बुझ्यौं। मान्छेलाई त्योबेला खाना पकाउने ग्यास अभाव हुन थालेको थियो। हामीले त्यो समस्या सल्टाउन ग्यास डेलिभरी काम लकडाउनबीचमै थाल्यौं,' पिक एन्ड ड्रपमा अध्यक्ष पद सम्हालिरहेका शिशिरले भने। 

यसका लागि उनीहरूले काठमाडौं उपत्यकामा सबभन्दा बढी खपत हुने एलपिजी ग्यासबारे सारमा अध्ययन गरे। विभिन्न विक्रेतासँग कुराकानीपछि सम्झौता भयो। यसपछि पिक एन्ड ड्रपले काठमाडौं उपत्यकामा ग्यास डेलिभरी सेवा सुरू गर्‍यो। सँगै काठमाडौंका अर्गानिक स्टोरबाट किराना सामान पनि डेलिभरी थाले। 

'ग्यास अर्डरका लागि फारम भर्नुपर्थ्यो। फारम भरेकै भरमा ग्यास घर आइपुग्छ र भन्नेहरू हुन्थे,' सुरूआती दिनका अनुभव सम्झिँदै शिशिर भन्छन्, 'तर अहिले हाम्रा ८० प्रतिशत ग्राहक दोहोरिएका छन्।' 

पिक एन्ड ड्रपले ग्यासको मूल्यबाहेक जम्मा ६५ रूपैयाँ बढी लिएर घरै पुर्‍याइदिन्छ। नेपाल, ओम, सुगम, बाबा, हिमाल, एभरेस्ट, श्रीराम, सगर लगायत १३ कम्पनीका ग्यास उनीहरूले डेलिभरी गर्छन्।

जम्मा तीन जनाबाट सुरू पिक एन्ड ड्रपको टोलीमा अहिले २० जना सक्रिय छन्। डेलिभरी दुइटा पिक-अप भ्यान र पाँच वटा बाइकबाट भइरहेको छ। डेलिभरी शुल्क भने ६५ रूपैयाँबाट सुरू भएर सामानअनुसार फरक पर्छ। 

यसरी विक्रेताबाट सामान लिएर डेलिभर सेवा उपलब्ध हुँदा इ-कमर्स कम्पनीहरू आफ्ना ग्राहकसँग अन्तर्क्रिया र बिक्रीमा बढी केन्द्रित हुन पाएको प्रतिक्रिया आइरहेको घनश्यामले बताए।



पिक एन्ड ड्रपको डेलिभरी टिम। 

उनी भन्छन्, 'हामीले गर्दा अरू कम्पनीलाई पनि सहज भएको छ। समयमै सामान डेलिभर भएको प्रतिक्रिया पाइरहेका छौं।'

घनश्यामका अनुसार पिक एन्ड ड्रपले दैनिक एक सय वटा ग्यास डेलिभर गरिरहेको छ भने अरू सामान पनि त्यही हाराहारीमा जान्छ। ग्राहकले पिक एन्ड ड्रपलाई उनीहरूको वेबसाइटसामाजिक सञ्जालएप वा फोनमार्फत् सम्पर्क गर्न सक्छन्।

महामारी र लकडाउनपछि अनलाइन र इ-व्यवसाय फस्टाउँदो छ। कुनै कम्पनीको उत्पादन गुणस्तरीय र ग्राहकको रोजाइमा परे पनि भरपर्दो डेलिभरी नहुनु धेरैको समस्या हो। यस्तो अवस्थामा पिक एन्ड ड्रपले बिक्रेता र ग्राहक दुवैलाई सहज हुने ढंगमा आफ्नो सेवा विस्तार गरेको शिशिर बताउँछन्। 

विक्रेता र ग्राहकबीचको दुरीका आधारमा २४ घन्टा वा धेरैमा दुई दिनभित्र डेलिभर गरिसक्ने कम्पनीको दावी छ। हाल काठमाडौं उपत्यकाभित्र र रिङरोडबाहिर दुई किलोमिटर आसपाससम्म पिक एन्ड ड्रपले आफ्नो सेवा दिन्छ। कम्पनीले आगामी तीन महिनाभित्र उपत्यका बाहिर पनि डेलिभरी सेवा बढाउने तयारी गरिरहेको शिशिरले बताए।

कम्पनीको योजनाबारे शिशिर थप भन्छन्, 'अहिले वितरक र बिक्रेताका सामान ग्राहकसम्म पुर्‍याइरहेका छौं। भविष्यमा व्यक्तिगत सामानसमेत एक ठाउँबाट अर्कोमा पुर्‍याउने सेवा विस्तार गर्ने योजनामा छौं।' 

(पिक एन्ड ड्रपसँग ९८०१२३५८००, फेसबुक वा वेबसाइट मार्फत् सम्पर्क गर्न सकिन्छ।)

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, १२:२०:००

Comments

Popular posts from this blog

विद्यार्थी भर्ना मात्र गर्ने कि टिकाउने पनि !

नेपालमा नयाँ बर्षसँगै नयाँ शैक्षिक वर्ष पनि सुरु हुन्छ। यसैको मौकामा २०७५  साल सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीले  एक जना विद्यार्थी स्कुल भर्ना गर्नुभयो। अभियान सुरु गर्दै सबैलाई नेताहरुलाई ‍कम्तिमा एक जना विद्यार्थी भर्ना गर्न अाव्हान पनि गर्नुभयो। अहिले शिक्षामन्त्री, प्रदेश मुख्यमन्त्रीहरु, वरिष्ठ नेताहरु, सांसदहरु लगायतले विद्यार्थी भर्ना गराइरहेको समाचारले प्रमुखता पाइरहेको छ।संविधानले सबै बालबालिकासम्म शिक्षाको पहुँच ‍निर्दिष्टता गरेको ‍परिवेशमा देशको नेतृत्वले गरेको यो प्रयास सरहानीय ‍हो। तर नीतिनिर्माण तहमा रहेको नेतृत्वलाई यति कदममै रमाउने छुट भने छैन। शिक्षा मन्त्रलाय तथा अन्य अन्तर्राष्ट्रिय संस्थाको तथ्यांक अाधार मान्दा, भर्नाभन्दा पनि स्कुलसम्म पुगेका केटाकेटी त्यहाँ कसरी टिकाउने र गुणस्तरीय शिक्षा कसरी दिने भन्ने अबको धेय हुनु पर्ने देखिन्छ। अब पहुँचमा भन्दा गुणस्तरमा समय र परिश्रम धेरै गर्नु पर्ने देखिन्छ। शिक्षा मन्त्रालय, युनिसेफ, तथा विश्व बैंकका तथ्यांक अाधार मान्ने हो भने, नेपालमा ५-९ वर्ष उमेर समूहका झण्डै ९७ प्रतिशत केटाकेटी स्कुल भर्ना हुन्छन्। यो द

In Nepali Village No Money? Beat 'em and Chase Them Away...

July 17, 2009 Braving monsoon rain, slippery muddy road, we went to Bulaki Chaur yesterday. It had been a while since we had actually visited the village. Min Bahadur dai, a villager, had sought our help with local school, which only has class upto 2nd grade. He and several other villagers had told us that the teacher at the school never shows up. So, the children don’t get education. We had found teacher’s, who lives in the city, phone number from District Education office, contacted the teacher. And, we requested that we go up to village together. Teachers agreed, with some reservations. We had never been to the village during monsoon. On slipper muddy road with Shafia, my friend from Madison, riding on her first real bike ride as an adult, we left for two hours of bike ride and almost an hour of hike. Rain had slipped some parts of the trail to the village, at times, making it more narrower than I had seen in the past. Most of the green hills were covered in clouds, cloaking ever

King Gyanendra weakening slowly but surely.

Reports coming out of Nepal say that King Gyanendra has cancelled visits to New York to attend annual United Nations General Assembly. Today’s Kantipur, referring to highly placed sources at Ministry of Foreign Affairs, writes both internal and external pressures culminated in cancellation of trip. After three years in power, King Gyanendra finally seems to have felt the heat. As King resorts to autocratic means on the back of extreme conservative elements in Nepal, he is alienating himself from almost every major political and economic actors in Nepal. Mainstream political parties, led by young leaders are openly championing the republican agenda. Recently, CPN (UML) went on the republican march and Nepali Congresss Party by muting its bylaws on the question of monarchy has shown that it no longer considers monarchy as an essential element in Nepal’s polity. Further, the huge mass demonstrations led by leader of civil society have openly challenged the status-quo tilt of major mainst