Skip to main content

जसले विक्रेताबाट सामान लिन्छन्, तपाईंको घरैमा पुर्‍याइदिन्छन्

 जुना श्रेष्ठ

काठमाडौं, फागुन ११From Setopati.com


गत सालदेखि 'पिक एन्ड ड्रप' ले काठमाडौं उपत्यकामा डेलिभरी सेवा पुर्‍याइरहेको छ। यो 'लजिस्टिक' कम्पनी हो जसले आफ्नो नामजस्तै काम गर्छ- विक्रेताबाट सरसामान लिएर ग्राहकको स्थानसम्म पुर्‍याइदिने।

पिक एन्ड ड्रपले अहिले ग्यास, किराना सामान, खाद्यान्न, कपडा लगायत सामग्री डेलिभरी गर्दैछ। यसले 'काठमाडौं अर्गानिक', 'फाल्कन', 'बेबी ब्लिस', 'केक फर यू', 'सागर ग्रुप इलेक्ट्रोनिक्स' जस्ता करिब १६ इ-कमर्स कम्पनीसँगको सहकार्यमा सरसामान डेलिभर गरिरहेको छ। 

यसका सह-संस्थापक हुन्- घनश्याम खनाल, नवीन पराजुली र शिशिर खनाल।  

घनश्याम र नवीनको भेट २०६८ सालमा भएको थियो। त्यतिबेला उनीहरू एकै कम्पनीमा कार्यरत थिए। त्यसताका नेपालमा फस्टाउँदो इ-कमर्स व्यवसायलाई टेवा पुर्‍याउन सक्ने हिसाबमा केही काम गर्ने सोचमा थिए। 

घनश्यामसँग भेट हुनुअघि नवीन एक इ-कमर्स लजिस्टिक कम्पनीमै काम गर्थे। त्यहाँ हुँदा उनलाई ग्राहकको सन्तुष्टि र उनीहरूमाझ पुग्ने सेवाबारे चिन्ता भइरहन्थ्यो। डेलिभरी सेवा उपलब्ध भए पनि त्यसमा प्रायः ग्राहकले चित्त बुझाउन नसकेको देखेका थिए। घनश्यामसँगको भेटपछि यसै विषयमा बढी कुराकानी हुन थाल्यो।


पिक एन्ड ड्रपका संस्थापकहरू, बायाँबाट क्रमशः शिशिर खनाल, घनश्याम खनाल र नवीन पराजुली।

त्यसैबीच उनीहरूको भेट शिशिरसँग भयो। 'टिच फर नेपाल' कार्यक्रममार्फत २०७१ सालतिर तीन जनाको भेट जुरेको हो। त्यतिबेला शिशिर 'टिच फर नेपाल' का सह-संस्थापक थिए। 

नवीन र घनश्याम इ-कमर्स र लजिस्टिक विकासबारे सोच्थे, शिशिर पनि उही सोचमा थिए। त्यसकारण तीन जनाबीच राम्रो सम्बन्ध विस्तार हुँदै गयो। 

'सबैको सोचाइ एकै थियो। इ-कमर्स कम्पनीलाई राम्रो डेलिभरी प्लेटफर्म दिलाउने सोचमा लजिस्टिक सेवा सञ्चालन गर्ने ध्याउन्नमा लाग्यौं,' पिक एन्ड ड्रपका प्रमुख कार्यकारी अधिकृत घनश्याम भन्छन्, 'काम अनुसारको नाम पनि जुरायौं।'

यो २०७६, भदौतिरको कुरा हो। तीन जनाको सहकार्यमा लजिस्टिक व्यवसाय विस्तार गर्ने योजनामा पिक एन्ड ड्रपको अवधारणा विकास हुन थाल्यो। त्यसपछि टोलीले झन्डै तीन महिना बजार अध्ययन र अनुसन्धान गरे। बजार अवलोकन सकेर व्यावसायिक रूपमा अघि बढ्न कम्पनी दर्ता गराए। त्यही बेला कोरोना महामारीको डर उत्कर्षमा रह्यो अनि लकडाउनै भयो।

लकडाउन भएको केही दिन 'अब के गर्ने' भनेर उनीहरू अलमलिए। काम थाल्ने जोस बल्ल हुँदै थियो, सेलाउने चिन्ता पर्‍यो।



ग्यास डेलिभरी गर्दै पिक एन्ड ड्रपका कर्मचारी। 

'तर डेलिभरीको महत्व यस्तै समयमा बढ्छ भन्ने बुझ्यौं। मान्छेलाई त्योबेला खाना पकाउने ग्यास अभाव हुन थालेको थियो। हामीले त्यो समस्या सल्टाउन ग्यास डेलिभरी काम लकडाउनबीचमै थाल्यौं,' पिक एन्ड ड्रपमा अध्यक्ष पद सम्हालिरहेका शिशिरले भने। 

यसका लागि उनीहरूले काठमाडौं उपत्यकामा सबभन्दा बढी खपत हुने एलपिजी ग्यासबारे सारमा अध्ययन गरे। विभिन्न विक्रेतासँग कुराकानीपछि सम्झौता भयो। यसपछि पिक एन्ड ड्रपले काठमाडौं उपत्यकामा ग्यास डेलिभरी सेवा सुरू गर्‍यो। सँगै काठमाडौंका अर्गानिक स्टोरबाट किराना सामान पनि डेलिभरी थाले। 

'ग्यास अर्डरका लागि फारम भर्नुपर्थ्यो। फारम भरेकै भरमा ग्यास घर आइपुग्छ र भन्नेहरू हुन्थे,' सुरूआती दिनका अनुभव सम्झिँदै शिशिर भन्छन्, 'तर अहिले हाम्रा ८० प्रतिशत ग्राहक दोहोरिएका छन्।' 

पिक एन्ड ड्रपले ग्यासको मूल्यबाहेक जम्मा ६५ रूपैयाँ बढी लिएर घरै पुर्‍याइदिन्छ। नेपाल, ओम, सुगम, बाबा, हिमाल, एभरेस्ट, श्रीराम, सगर लगायत १३ कम्पनीका ग्यास उनीहरूले डेलिभरी गर्छन्।

जम्मा तीन जनाबाट सुरू पिक एन्ड ड्रपको टोलीमा अहिले २० जना सक्रिय छन्। डेलिभरी दुइटा पिक-अप भ्यान र पाँच वटा बाइकबाट भइरहेको छ। डेलिभरी शुल्क भने ६५ रूपैयाँबाट सुरू भएर सामानअनुसार फरक पर्छ। 

यसरी विक्रेताबाट सामान लिएर डेलिभर सेवा उपलब्ध हुँदा इ-कमर्स कम्पनीहरू आफ्ना ग्राहकसँग अन्तर्क्रिया र बिक्रीमा बढी केन्द्रित हुन पाएको प्रतिक्रिया आइरहेको घनश्यामले बताए।



पिक एन्ड ड्रपको डेलिभरी टिम। 

उनी भन्छन्, 'हामीले गर्दा अरू कम्पनीलाई पनि सहज भएको छ। समयमै सामान डेलिभर भएको प्रतिक्रिया पाइरहेका छौं।'

घनश्यामका अनुसार पिक एन्ड ड्रपले दैनिक एक सय वटा ग्यास डेलिभर गरिरहेको छ भने अरू सामान पनि त्यही हाराहारीमा जान्छ। ग्राहकले पिक एन्ड ड्रपलाई उनीहरूको वेबसाइटसामाजिक सञ्जालएप वा फोनमार्फत् सम्पर्क गर्न सक्छन्।

महामारी र लकडाउनपछि अनलाइन र इ-व्यवसाय फस्टाउँदो छ। कुनै कम्पनीको उत्पादन गुणस्तरीय र ग्राहकको रोजाइमा परे पनि भरपर्दो डेलिभरी नहुनु धेरैको समस्या हो। यस्तो अवस्थामा पिक एन्ड ड्रपले बिक्रेता र ग्राहक दुवैलाई सहज हुने ढंगमा आफ्नो सेवा विस्तार गरेको शिशिर बताउँछन्। 

विक्रेता र ग्राहकबीचको दुरीका आधारमा २४ घन्टा वा धेरैमा दुई दिनभित्र डेलिभर गरिसक्ने कम्पनीको दावी छ। हाल काठमाडौं उपत्यकाभित्र र रिङरोडबाहिर दुई किलोमिटर आसपाससम्म पिक एन्ड ड्रपले आफ्नो सेवा दिन्छ। कम्पनीले आगामी तीन महिनाभित्र उपत्यका बाहिर पनि डेलिभरी सेवा बढाउने तयारी गरिरहेको शिशिरले बताए।

कम्पनीको योजनाबारे शिशिर थप भन्छन्, 'अहिले वितरक र बिक्रेताका सामान ग्राहकसम्म पुर्‍याइरहेका छौं। भविष्यमा व्यक्तिगत सामानसमेत एक ठाउँबाट अर्कोमा पुर्‍याउने सेवा विस्तार गर्ने योजनामा छौं।' 

(पिक एन्ड ड्रपसँग ९८०१२३५८००, फेसबुक वा वेबसाइट मार्फत् सम्पर्क गर्न सकिन्छ।)

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, १२:२०:००

Comments

Popular posts from this blog

Local solutions for education

  To ensure children continue to learn, federal, provincial, and local governments have to find locally adaptable solutions to support the learning opportunity for children.   According to UNESCO, globally about 1.6 billion children, which account for 91 percent of all learners, are currently affected by the Covid-19 pandemic. Nepal’s over 7 million school-going children and additional university students have also been severely affected by the closure of educational institutions. When the government started lockdown on March 24, Nepal was already on the tail end of the school year, thus the first three weeks of the closure didn’t have a significant impact on students’ learning activities. However, since the academic year in Nepal starts in mid-April, the continued shutdown of academic institutions are now likely to put most children out of educational activities for several weeks. While children from higher-income families might have the opportunity to engage in a plethora of...

प्रविधिमा समान पहुँच थप सामग्री

शिशिर खनाल आइतबार, ९ कात्तिक, २०७७ Published on :  Himalkhabar.com कोरोनाभाइरस महामारीका कारण महीनौंदेखि बन्द पठनपाठन सञ्चालनको एउटै उपाय ‘भर्चुअल पढाइ’ बनेको छ, जसका लागि सबै विद्यार्थीको प्रविधिमा समान पहुँच अपरिहार्य देखिएको छ। कोरोनाभाइरसको संक्रमण र त्यसबाट उत्पन्न महामारीका कारण भएको विद्यालय बन्दका कारण संसारभर झण्डै ५६ करोड बालबालिका प्रभावित भएका छन्। यो प्रभावमा विद्यालय र विश्वविद्यालय पढ्ने नेपालका करीब ८० लाख विद्यार्थी पनि परेका छन्।  गत चैतदेखि यति लामो समयसम्म घरैमा बस्न बाध्य विद्यार्थीले औपचारिक शिक्षाको अवसर त गुमाएका छन् नै, उनीहरूमा मनोसामाजिक समस्या पनि देखिएको छ।  समय–समयमा साना–ठूला विपद्को सामना गरिरहेको नेपालले यतिबेला सम्भावित विपद्को सामना गर्न केही पाठ सिक्नै पर्ने देखिन्छ। यसका लागि मूलतः प्रविधिको पहुँच विस्तार, प्रविधि पहुँचमा असमान अवस्थाको अन्त्य, स्थानीय सरकारहरूको क्षमता वृद्धि, समय अनुसारको पाठ्यक्रम र जनशक्ति व्यवस्थापनमा ध्यान दिनैपर्ने देखिएको छ।   डिजिटल पूर्वाधार  लकडाउनले घरैमा बसेका विद्यार्थीलाई वैकल्पिक शिक्षाको...